२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रहरीद्वारा हत्याका विभिन्न घटनामा संलग्न पाँचजना आरोपीलाई पक्राउ


65
Shares

जनकपुरधाम । धनुषा प्रहरीले हत्याका विभिन्न घटनामा संलग्न पाँचजना आरोपीलाई पक्राउ गरेका छन ।

महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएका आरोपीहरु पांचौ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरि शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका हुन् ।

वैदेशिक रोजगारमा रहेका धनुषाको शहीदनगर नगरपालिका ३ अरुण कुमार दासको श्रीमती बबितिया देवी दासको हत्या आरोपमा उनका जेठाजु विरेन्द्र दास, विरेन्द्रका काका उमेश दास र सालो शत्रुधन दासलाई पक्राउ गरेको हो ।

घटनाबारे जानकारी दिदैं प्रहरी उपरिक्षक रजौरेले भने बबितिया देवी र उनका जेठाजु विरेन्द्रबीच अनौतिक सम्बन्ध रहेको थियो । भाई र गाउँ समाजका मानिसहरुले थाहा पाउंछ कि भन्ने उद्देश्यले घाँटी कसि बबितियाको विरेन्द्रले हत्या गरेका हुन ।

नेपाल प्रहरी र इन्टरपोलको मद्दतले विभिन्न ३ वटा घटनामा ५ जना आरोपीलाई पक्राउ गर्न सफल भएको र थप अनुसन्धान थालिएको प्रहरी उपरिक्षक रजौरेले बताए ।

त्यसैगरी आफ्नै आमाको हत्या आरोपमा सबैला नगरपालिका ५ मखनाहाका मनोज मण्डल र आफ्नै साथीको हत्या गरेको आरोपमा धनौजी गाउँपालिका ५ का राजीवकुमार मण्डललाई वैदेशिक रोजगारमा रहेको अवस्थामा त्यहींबाट पक्राउ गरिएको उनले बताए ।

एक वर्ष अघि २०७८ भदौ २६ गतेका दिन सरोजलाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजीवकुमार मण्डलले धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो । सो घटनामा आरोपितहरु जिल्ला अदालतबाट रिहा भएपनि उपचारकै क्रममा सरोजको मृत्यु भएपछि इन्टरपोलको मद्दतले कतारबाट राजीवलाई पक्राउ गरिएको हो ।