
काठमाडौं । महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा शनिबार बस्ने बैठकले निर्णय गर्ने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा शनिबार बस्ने बैठकले निर्णय गर्ने बताउनुभएको हो ।
उहाँले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको बयानलाई लिपिवद्ध गर्ने काम आधा सकिएको भन्दै भोलीनै त्यसलाई पनि अन्तिम रुप दिइने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराको सम्पती विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरुले हेरिरहेको जानकारी दिनुभयो ।
जबराको सम्पती विवरणको सम्बन्धमा शनिबार प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्