२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एमसीसी चीनको प्रतिवाद गर्नको लागि आएको होइन : अर्थविद् डा. वाग्ले


208
Shares

काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. वाग्लेले लामो समयको प्रक्रियाबाट अमेरिकी सहयोग एमसीसी चीनको प्रतिवाद गर्नको लागि नेपालको चाहनामा एमसीसी आएको बताउनुभएको हो । उहाँले नेपालले २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेर पनि २०१७ देखि विवादमा आएको बताउनु भयो । डा. वाग्लेले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा वास्तविकता जानकारी नभएर हाउगुजी हुन थालेको बताउनु भयो ।

उहाँले नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एसियाली विकास बैंक, विश्व बैंक हो भन्ने मानसिकता रहेको उल्लेख गर्नुभयो । डा. वाग्लेले नेपालले ४० वर्षको लागि १ प्रतिशत ब्याजमा ऋण पाउँदा समेत खर्च गर्न नसकेको उदाहरण रहेको भन्दै खर्च गर्न नसकेको देख्दा आफू सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर धेरै भौतिक पूर्वाधार बनाउने थिए जस्तो लाग्ने गरेको बताउनु भयो । उहाँले अब वैदेशीक दातृ निकायहरुले विगतको जस्तो नेपाललाई सस्तो ब्याजमा ठूलो ऋण दिने झ्याल बन्द हुने अवस्थामा पुगेको दावी गर्नुभयो ।

उहाँले अब वैदेशिक ऋण नपाएर आन्तरिक स्रोतबाट लगानी खोज्नुपर्ने अवस्था आउनसक्ने बताउनु भयो । डा. वाग्लेले त्यस्तो अवस्था भए अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुने बताउनु भयो । उहाँले युवा पुस्तामा ३० वर्षमा मुलुकको प्रतिव्यक्ति आय ४ हजार डलर पुर्‍याउने गरी पाँच, ७ वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको बताउनु भयो ।