
झापा । झापामा एक ७३ वर्षीया पुरोहितले दिदी बहिनीलाई जबरजस्ती करणी गरेको खुलासा भएको छ ।
प्रहरीले मेचीनगर १२ धाइजन निवासी ७३ वर्षीय कपिलमणि पौडेललाई पक्राउ गरेसंगै यस्तो खुलेको हो । पक्राउ परेका पौडेलले अर्जुनधारा १० कालिस्थान निवासी ११ र १७ वर्षीया दुई नाबालिग दिदीबहिनीलाई जबरजस्ती करणी गरेको उजुरी परेसंगै उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिनुभयो ।
पीडितमध्ये १७ वर्षकी नाबालिग गर्भवती रहेकी छिन् । उनमा करिव दुई महिनाको गर्भ रहेको बताइएको छ । पुरोहित पेशा गर्ने पौडेल सोह्र श्राद्ध , पुराणलगायतका कर्मकाण्ड गर्न अर्जुनधारा बारम्वार जाने गरेको र त्यस क्रममा उनले नाबालिग दिदी बहिनीलाई बलात्कार गरेको बताइएको छ ।
पीडित भनिएकी नाबालिगकी आमा वुवासंगको सम्बन्ध बिच्छेद पछि विदेशीएकी र वुवा दैनिक काम काजका लागि घर बाहिर रहेको अवस्थामा नाबालिगहरुलाई पौडेलले बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो ।
पक्राउ परेका पौडेललाई जिल्ला अदालत झापामा नावालिग जबरजस्ती करणी मद्दामा शुक्रबार म्याद थप गरी ल्याइएको र थप अनुसन्धान भईरहेको कुँवरको भनाई छ । पीडित बालिकाहरुलाई आफन्तको जिम्मा लगाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्