२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिम प्रदेश सरकारद्वारा मन्त्रीपरिषद् पूर्नगठन


78
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले दुई जना थप गर्दै मन्त्रीपरिषद् पुर्नगठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा मन्त्री फेरबदल गर्दै पुर्नगठन गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियूक्त गरेको हो । उहाँहरुले केही मिनेटमै पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिनुभयो ।