
काठमाडौं । राजधानीमा फुड एण्ड बेभरेज तथा आतिथ्य मेला सुरु भएको छ ।
हाउस अफ राजकर्णिकार एक्जिविसन एण्ड इभेन्ट्सको आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी गृहमा सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ सुरु भएको हो ।
एक्सपो खाद्य, पेय पदार्थ तथा आतिथ्यमा केन्द्रित छ । नेपालमा यस क्षेत्रको प्रवद्र्धनकालागि मान्यताप्राप्त एकमात्र एक्सपो दाबी गरिएको प्रदर्शनी आगामी आइतबारसम्म चल्ने छ ।
बजारमा रहेका फुड एण्ड बेभरेज तथा हस्पिटालीटी कम्पनीको उल्लेख्य सहभागिता रहने एक्सपो यस क्षेत्रमा जानकारी राख्न खोज्ने उपभोक्ताका लागि लाभदायक हुने आयोजको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्