१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शान्ति सेनामा नेपाल दोस्रो


364
Shares

काठमाडौं । शान्ति सेनामा धेरै फौज तैनाथ गर्नेमा नेपाल दोस्रो राष्ट्र भएको नेपाली सेनाले जनाएको छ ।

सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा शान्ति सेनामा विश्वको दोस्रो ठुलो फौज तैनाथ गर्ने राष्ट्र नेपाल अग्रपंक्तिमा भएको जनाएको हो । निर्देशनालका प्रमुख सन्तोष बल्लभ पौडेलले तैनाथीको हिसावले पहिलो बंगलादेश र दोस्रो नेपाल भएको जानकारी दिनु भयो । उहाँले सन् १९५८ देखि ४४ शान्ति मिसनमा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको १ लाख ४१ हजार २ सय ५९ जनाको सहभागिता रहेको बताउनु भयो ।

यसैबीच काठमाडौ तराई मधेश दु्रतमार्गमा खोकना बुँगमती क्षेत्रमा विवाद रहेको आयोजनाले जनाएको छ । दु्रतमाग आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले सो क्षेत्रमा ५ वटा राष्ट्रिय आयोजना हुन नहुने स्थानीको माग र जग्गा प्राप्तिको मुब्वाजा विवादका कारणसो स्थानमा कुनै प्रगति नभएको जानकारी दिनु भयो ।

यही फागुन महिना भित्र विवाद समाधान गर्ने लक्ष्य सेनाले लिएको छ । सैनिक कल्याणकारी कोषको कुल सम्पति ६९ अर्ब ३ करोड ७९ लाख र २०७८ असार मसान्त सम्म नगद मौज्दात ५४ अर्ब १२ करोड ७५ लाख भएको सेनाले जनाएको छ ।