२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापामा टिपर र मोटरसाइकल ठोकिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते


325
Shares

झापा । झापामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

दुर्घटना मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् ।

पूर्र्व पश्चिम राजमार्ग अन्र्तरगत झापाको कनकाई पुलमा शुक्रबार भएको सवारी दुर्घटनामा परी बाह्रदशी गाउँपालिका ५ निवासी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको हो । उनकी श्रीमती ४० वर्षीया गीता पौडेल घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूले जानकारी दिनुभयो । घाइते गीताको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश ३-००-१ क ००९१ नम्वरको टिपरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पौडेल दम्पत्ति सवार मोटरसाइकललाई ट्रिपरले ठक्कर दिएसँगै उनीहरु घाइते भएको र उपचारका लागि अस्पताल पुर्‍याएपनि सागरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।