१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


6.279k
Shares

कपिलवस्तु । कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शिवराज नगरपालिका–४ बन कट्टीमा भएको सवारी दुर्घटनाबाट भारतको उतारखण्डका ४० वर्षीय दिनेश रतोडिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार रतोडि गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहिले जानकारी दिनुभयो ।

रतोडि नेपालमा सरफ उद्योगमा कार्यरत थिए ।

यस्तै शनिबार बिहान ४ बजे शिवराज नगरपालिका–१ मा बस पल्टिँदा २० जना घाईते भएका छन् । काठमाडौंदेखि धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको हो ।