
काठमाडौं । वस्तु निर्यात गर्ने उद्योगलाई लगानीको वातावरण, पञ्चवर्षीय नीति, मुनाफाको सुनिश्चितता र स्वतन्त्र काम गर्ने वातावरणको आवश्यकता पर्छ ।
तर नेपालमा सरकारी लगानी भएका संस्थामा कर्मचारीलाई हस्तक्षेप, अदूरदर्शी निर्णय लगायत आयात निर्यातमा अध्ययनविना ट्याक्स लगाउने परिपाटीले मुलुक भूपरिवेष्ठित मुलुक भएपनि उत्पादन कम हुँदै जाँदा परनिर्भर बन्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १० प्रतिशतले कमी आई १ सय १६ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७० प्रतिशतले वृद्धि भएको थियो । यो अवधिमा भारतबाट १३ अर्ब ३७ करोड बराबरको वस्तु आयात भएको छ भने अघिल्लो वर्ष सोही अवधिमा यस्तो आयात १८ अर्ब ८६ करोड बराबरको भएको थियो । चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु निर्यात २८ प्रतिशत अर्थात १४ अर्ब ८१ करोड पुगेको छ ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा ११५ प्रतिशतले वृद्धि भएको थियो । मुलुकको सर्वाधिक व्यापार हुने भारतसगको व्यापार ३६ र चीनसगको व्यापार २४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ । वस्तुगत आधारमा पाम तेल, तयारी पोशाक, आयुवेर्दिक औषधी लगायत वस्तुको निर्यात अन्य मुलुकमा भने वृद्धि भएको छ ।
तथापी सोयाविन तेल, जुटका सामान, जुस अलैची लगायतको वस्तुको निर्यात भने घटेको छ । नेपाल राष्ट्र बैंकले बिलासिताको वस्तु आयातमा कडाई गरेकै कारण आयातमा भने केही सुधार देखिएकोछ । चालु आर्थिक वर्षको पहिलो महिनामा १२ प्रतिशतले कमी आई १ सय ३१ अर्ब २९ करोड पुगेको छ । भारत र चीनबाट १२ प्रतिशतले आयातमा कमी आउदा अन्य मुलुकबाट १५ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, रासायनिक मल, कच्चा तेल लगायतको वस्तुको आयात बढेकोछ भने सवारी साधनको पार्टपूर्जा, कच्चा सोयाविन तेल लगायतको वस्तुको आयात घटेको छ । पछिल्लो समय नयाँ उद्योगप्रति आकर्षण कम हुँदै जानुको कारण पूराना उद्योग बन्द हुनुले हतोत्साही भएका छन् ।
बाँसबारी छाला तथा जुत्ता उद्योग, जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल यसको ज्वलन्त उदाहरण हुन् । चालु खर्च धेरै, व्यापारी तथा उत्पादनकर्ता सबै नेता बन्ने चन्दा उठाउने खाने परिपाटीले समेत मुलुकमा उत्पादनका क्षेत्र पछिल्लो समय प्रभावित भएको बुझ्न कठिन छैन् ।
प्रतिक्रिया दिनुहोस्