
कैलाली । अछाममा गयराती गएको बाढी पहिरोबाट मृत्यु र भएकाहरुको सनाखत भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ निवासी ३० वर्षीया अमृता कामी, १७ वर्षीया सरिता कामी,२१ वर्षीया अर्धना कामी,९ वर्षीया निखिल कामी ,३६ वर्षीया मैनकला कामी ,१५ वर्षीया गिता कामी र १२ वर्षीया सिरु कामी रहेका छन् भने सोही नगरपालिकाको वडा नम्बर ८ निवासी २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई ,६ वर्षीया डिक्रा दमाई, ३ वर्षीय कलु दमाई र ४ वर्षीया कल्पना दमाई रहेकाछन ।
त्यस्तै मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नम्बर ६ निवासी २ वर्षका नवीन बुढा, तुर्माखाद गाउँपालिका वडा नम्बर ५ निवासी १६ वर्षीया जानकी शाही ,२१ वर्षीया भावना शाही ,४५ वर्षीय नेत्र बहादुर शाही ३६ मनिशा शाही रहेका छन् ।
कमलबजार नगरपालिका वडा नम्बर ६ निवासी ८५ वर्षीय भक्त कामी ,४२ वर्षीय इन्द्रसिंह कामी ,३८ वर्षीया डिक्रा कामी ,१२ वर्षीया कल्पना कामी, १२ वर्षीया ममता कामी ,१० वर्षीय सुशील कामी र २ वर्षीया सफलता कामी लगायत घाइतेहरुको स्थानीयको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।
कमलबजार नगरपालिका वडा नम्बर ८ निवासी घाइते ६५ वर्षीय खन्टी दमाईको कमलबजार प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि घर फर्काइएको छ ।
६२ वर्षीय हर्क बुढा ,२१ वर्षीय चन्द्रा देबि बुढा र १३ वर्षीय धर्म बुढा गम्भिर घाइते भएकछन् । घाइते तिनै जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि सुर्खेत प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्