
काठमाडौं । दिवंगत बेलायतकी महारानी एलिजावेथको साेमबार गरिने अन्त्येष्टिका लागि सबै तयारी पूरा भएकाे छ ।
महारानी वेथको साेमबार हुने अन्त्येष्टिको प्रत्यक्ष प्रसारण बेलायतका १ सय २५ वटा सिने हलमा हेर्न सकिने जनाइएकाे छ । सिनेमा हल बाहेक पार्क र गिर्जाघरहरुमा पनि प्रत्यक्ष प्रसारण हेर्न पाउने ब्यवस्था गरिने भएकाे हाे । अन्त्येष्टि समारोहका लागि साेमबार बेलायतभर सार्वजनिक बिदा दिइएको छ ।
सोही समारोहमा विश्वका विभिन्न देशका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरुको उल्लेख्य सहभागिता रहने अनुमान गरिएको छ ।वेस्टमिन्स्टरमा हुने अन्त्येष्टिमा सहभागी हुन बेलयतका सर्वसाधारण ३ दिनदेखि लाइनबद्ध छन् । समारोहमा एलिजावेथका ८ जना नाती पनातीहरु शवको वरिपरि रहने भएका छन् । गत ८ सेप्टेम्बरमा उहाँको ९६ वर्षको उमेरमा स्कटल्याण्डमा निधन भएको थियो ।
महारानी वेथको शवलाई राजा चाल्र्स र शाही परिवारले स्कटल्याण्डबाट ग्रहण गरी बकिंघम दरबार ल्याएर राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्