१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र निर्माता कृष्णदेवको निधन, छोरा रणवीरले सामाजिक सञ्जालमा गरे भावुक पोस्ट


1.027k
Shares

एजेन्सी । बलिउड अभिनेता रणवीर शौरीका बाबु चलचित्र निर्माता कृष्णदेव शौरीको शुक्रबार राति निधन भएको छ ।

ट्विटरमा शो कुराको जानकारी दिँदै रणवीरले आफ्ना बुवाको तस्वीर सार्वजनिक गरेका छन् । यससँगै उनले भावुक पोस्ट समेत गरेका छन्, ‘ मेरा बाबु कृष्णदेव शौरीको ९२ वर्षको उमेरमा निधन भएको छ ।’ 

कृष्णदेवकाे निधनकाे समय उनका सबै छोराछोरी र नातिनातिनाहरू उपस्थित थिए।  ‘उहाँले हाम्रा लागि धेरै सुनौलो सम्झनाहरू छोडेर जानुभएको छ। मैले मेरो प्रेरणाको ठूलो स्रोत गुमाएको छु।’ उनका छाेरा रणवीरले भनेका छन्  । रणवीरको उक्त पोस्टमा बलिउड सेलिब्रेटीहरूले उनका पितालाई श्रद्धाञ्जली दिइरहेका छन् ।

रणवीरका बाबु फिल्म निर्देशक र निर्माता थिए। उनले सन् १९८८ मा महायुद्धको निर्देशन गरेका थिए जसमा गुलशन ग्रोवर, मुकेश खन्ना, कादर खान र परेश रावल मुख्य भूमिकामा थिए। यस बाहेक उनले बर्हम, बेड, बदनाम लगायत धेरै चलचित्र निर्माण गरेका थिए ।