
काठमाडौं । भन कति माया गर्छौ मलाई बोलको गीतको भिडियो बेलायतबाट सार्वजनिक गरिएको छ ।
उत्तम जंग लिम्बु र दीपा लामाको स्वर रहेको गीतको भिडियोलाई निर्देशक कुशल श्रेष्ठले प्रस्तुत गरेका छन् ।
भिडियोमा पदम गुरुङ र रिया पुन गुरुङको अभिनय रहेको छ ।
निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतको शब्द शृजना बिनोद गुरुङको रहेको छ । संगीत उत्तम जंग लिम्बुले गरेका छन् । संजय शाहको एरेन्ज रहेको गीतमा दीपिका श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्