७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध


195
Shares


पर्वत । केही दिन देखिको लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा पर्वतको मालढुंगा देखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।

पर्वतको जलजला गाउँपालिका वडा नं. ८ ज्यामिरेमा सडक माथिबाट आएको ठुलो पहिरोले दिउँसो साढे २ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले स्काभेटर प्रहरी र स्थानीयवासी मिलेर सडक खुलाउने प्रयास भैरहेको भएपनि साँझसम्म लाग्ने जनाएको छ ।

पहिरोसँगै ठुला ठुला ढुंगा समेत पल्टिएकाले सडक पन्छाउन केही समय लाग्ने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधनहरु मिलनचोकमा र अन्यत्रबाट ती दुई जिल्लाका लागि गएका सवारीसाधन फर्सेमा अलपत्र बनेको प्रहरीले जनाएको छ ।