
तस्वीरः फाइल
काठमाडौं । सरकारले भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।
सरकारले सार्वजनिक संस्था सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्नेदेखि संस्थान सुझावसम्बन्धी समिति गठन गर्नेसम्मकाे निर्णय गरेको छ ।
त्यसैगरी बैठकले बेलायतकी महारानी एलिजावेथको यही १९ सेप्टेम्बरमा हुने अन्त्येष्टिमा सहभागीताका लागि नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको टोली पठाउने निर्णय गरेको छ ।
त्यस्तै,सरकारले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्