१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिद्धार्थ बैंकको पार्किङमा टुकुचा खोला भेटियो


3.679k
Shares

काठमाडौं । काठमाडौंको हात्तिसारमा सिद्धार्थ बैंक भवनको पार्किङ क्षेत्रमा टुकुचा खोला भेटिएको छ ।

काठमाडौं महानगरपालिकाले उत्खनन गर्दा टुकुचा खोलाको भाग फेला परेको हो ।

खोला अतिक्रमणमा परेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै खोला खोजिरहेको छ ।

बिहीबार महानगरले जय नेपाल हलको परिसरबाट खोलाको उत्खनन गर्न सुरु गरेको थियो । सोमबार लक्ष्मी बैंकको कम्पाउन्डमा खोला उत्खनन गरिएको थियो । अहिले सन नेपाल लाइफ इन्स्योरेन्समा उत्खनन भइरहेको छ ।

खोला नभेटिए सोमबार बिहानै इन्स्योरेन्स परिसरमा अरु ठाउँमा उत्खनन गर्ने महानगरले जनाएको छ ।