२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानबाट ८ श्रष्टा सम्मानित


247
Shares

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत पुरस्कारबाट ज्ञानु राणा र महेन्द्र मलेंगीयागाई सम्मानित भएका छन् ।

हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले २०७७ सालको नाट्यसंगीत पुरस्कारबाट वरिष्ठ गायिका राणा र २०७८ सालको नाट्य संगीत पुरस्कारबाट मैथिली भाषा साहित्य र नाट्यसर्जक, निर्देशक मलंगाईलाई सम्मान गरेको हो ।

त्यस्तै, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट वरिष्ठ संचारकर्मी नुपुर भट्टाचार्य र धन लामा पुरस्कृत भएका छन् । भट्टाचार्यलाई २०७७ सालको र लामालाई २०७८ सालको सञ्चार सेवा सम्मानबाट पुरस्कृत गरिएको हो ।

त्यसैगरी विशिष्ट नाट्य सम्मान सुनील पोखरेल र प्रभाकर शर्मालाई प्रदान गरिएको छ भने सञ्चार सेवा विशेष सम्मान राजेन्द्र बानियाँ र बिदुर गिरीलाई गरिएको छ ।

रेडियो नेपालका पहिलो गायक स्वर्गीय हरिप्रसाद रिमाल र उनकी पत्नी वरिष्ठ संचारकर्मी कल्याणी रिमालको नामबाट २०६५ सालमा उक्त प्रतिष्ठान स्थापना गरिएको हो ।

कोरोना महामारीका कारण गत वर्ष यो सम्मान कार्यक्रम आयोजना हुन सकेको थिएन । यसपालि दुवै वर्षको पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।