१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना


2.847k
Shares

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

आज (सोमबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साेमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्यतया बदली हुने भएकाे छ । त्यस्तै, देशका केही स्थानहरूमा भने मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, प्रदेश-१ र मधेश प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साेमबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ । त्यस्तै, प्रदेश-१, र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।