१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


संविधान दिवसको अवसरमा आज १ हजार जनालाई मानपदवी दिइने


208
Shares

काठमाडौं । संविधान दिवसको अवसरमा साेमबार सरकारले करिब १ हजार जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदक दिने भएको छ ।

गृहमन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार यस पटक पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्न प्रदान गरिने भएकाे हाे । त्यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने आश्रित, तत्कालिन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई मानपदवी दिइने भएको छ ।

त्यस्तै संस्कृतिविद् जगमान गुरुङलाई सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरिने भएकाे छ । सुकीर्तिमय राष्ट्रदीपबाट कलाकार निर शाह, अभिनेता राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई समेत प्रदान गरिने भएको छ । मानपदवी र अलंकार पाउने सूचीमा ठूलो संख्या निजामति तथा जंगी कर्मचारी, राजनीतिक दलका कार्यकर्ता र ब्यापारीहरुको रहेको छ ।

यसैबीच, संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रालयको सिफारिसमा ६ सय ८१ कैदीबन्दीको बाँकी सजाय समेत मिनाहा गरिदिनुभएको छ ।