२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आगामी निर्वाचनका लागि ओखलढुंगामा मतदाता संख्यामा वृद्धि


26
Shares

ओखलढुंगा । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनका लागि ओखलढुंगामा मतदाता संख्या वृद्धि भएको छ ।

निर्वाचन आयोगले जिल्लामा अन्तिम मतदाता संख्या १ लाख १७ हजार ८ सय ९७ जना कायम गरेको हाे । यो संख्या गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तह निर्वाचनको भन्दा ८ सय १२ जनाले बढी हो ।

नयाँ कायम भएको मतदाता नामावली अनुसार जिल्लामा महिला मतदाताको संख्या ५९ हजार ८ सय १ जना रहेको छ । त्यस्तै, पुरुष मतदाताको संख्या ५८ हजार ८१ जना र अन्यमा १ जना रहेको जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र अनुसार क्षेत्र नम्बर १ मा ५६ हजार ७ सय ३३ जना र क्षेत्र नम्बर २ मा ६१ हजार १ सय ६४ जना मतदाता रहेका छन् ।