१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पोखरामा अवैध संरचना हटाउन मेयर आचार्यको निर्देशन


312
Shares

काठमाडाैं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अवैध संरचना हटाउने बताउनुभएको छ ।

फेवाताल किनाराका अवैध संरचनाको निरीक्षण गर्न पुग्नु भएका आचार्यले नगर प्रहरीलाई अवैध संरचना हटाउन निर्देशन दिनुभएको हो । फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना बनाउन नपाईने नियम रहेकाे छ ।

पछिल्लो समय संरचना बन्न नरोकिएको सूचना पाएपछि मेयर आचार्यले निरीक्षण गर्नुभएको हो । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट अशुलउपर गर्ने पनि उहाँले बताउनुभएको छ ।

महानगरले अवैध संरचना निर्माणमा प्रयोग भएको रेडी मिक्सचर समेत नियन्त्रणमा लिएको छ ।