७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सिन्धुलीमा चोरको विगविगी, खसीसहित ३ जना पक्राउ


221
Shares

सिन्धुली । नेपालीहरुकाे मुख्य चाडपर्व नजिकिंदै गर्दा सिन्धुलीमा चाेरीका घटनाहरु बढ्दै गएका छन् ।

विगतका वर्षको तुलनामा यस वर्ष रुपैयाँको अभावले मानिसहरुमा सर सामानहरु किनमेल गर्न समेत अप्ठेरो परिरहेको अवस्थामा घर समाजमा चोरीका घटना बढेपछि स्थानीय त्रसित भएका हुन् । घर आवासमा मानिसहरु नभएको समय मौका छोपी चोरहरुले रुपैयाँ पैसा, सुन, खसी र कुखुरा चोर्ने क्रम बढेको प्रहरीको अनुसन्धानले खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीबाट खटिएको प्रहरी टोलीले शनिबारे हाटस्थलबाट चोरेर ल्याएको खसी बेच्दै गरेको अवस्थामा ३ जना खसी चोर पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई नगरपालिका-८ निवासी २१ वर्षीय सुरेन्द्र घलान, २७ वर्षीय राम बहादुर वाइबा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

केही समय अगाडि कमलामाई नगरपालिका-५ सिलामेको जंगलमा खसी चराउन लगेका स्थानीय शंकर श्रेष्ठका ३ वटा खसी चोरिएका छन्। चोरिएका खसीहरु खोजतलास गर्ने क्रममा शनिबारे हाटस्थलमा खसी बिक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले फेला पारी तीनै जनालाई ३ वटा खसीसहित नियन्त्रणमा लिइएको हो ।

दशैं र तिहार जस्ता मुख्य चाडपर्वहरुलाई लक्षित गर्दै समाजमा चोरी डकैती हुन नदिन, शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रहरी र प्रशसनले भने मानव सचेतनाका कार्यक्रमहरु समेत संचालन गरिरहेको छ ।