२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अन्यौलता, परिपत्र आएन


39
Shares


बैतडी । सरकारले दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।

यो वर्ष पनि देशभरिनै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भनेपनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा अन्यौलता देखिएको छ । सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि स्दूरपश्चिमका कुनै पनि स्थानमा सञ्चालनमा नआएका साल्ट्र ट्रेडिङ कर्पाेरेसन प्रदेश कार्यालय धनगढीका सहायक रामचन्द्र जोशीले जानकारी दिए ।

उहाँले भन्नुभयो,“ सुपथ मूल्य पसल सञ्चालनका लागि परिपत्र आएको छैन्, परिपत्र नआउँदा कहिले देखि सञ्चालनमा आउने भन्ने टुंगो लागेको छैन्। माथिको परिपत्र पर्खिराखेका छौं । ”सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पनि परिपत्र आएको छैन् । सुपथ मूल्य पसल सञ्चालनका लागि परिपत्र आवश्यक पर्ने भएपनि परिपत्रबिना सञ्चालन गर्न नसकिने जनाएको छ ।

परिपत्र आउनसाथ सुपथ मूल्य पसल सञ्चालनमा आउने जोशीको भनाइ छ । बिगतका वर्षहरुमा दशैंतिहार, छठ सहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुदैं आएको थियो । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भएपनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ ।

कर्पोरेसनले विगतका वर्षहरूमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैंतिहार तथा छठलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो । सुपथ मुल्य पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी, नुन चामललगायतका अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो वर्ष असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन भनेको छ ।