
फाइल तस्बिर
कैलाली । धनगढीमा विगत ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।
अस्पतालले सोमबार एक सूचना जारी गर्दै केसीको स्वास्थ्य अवस्था विग्रदै गएकाले उपचारको लागि विशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आवश्यक रहेको जनाएको छ ।
डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गर्नुभएको हो । चौथो दिनदेखि उहाँको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ ।
अस्पतालले केसीमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेसी दुख्ने लगायत समस्या देखिन थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्