
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ ।
निर्वाचन आयोगमा सोमबार अपरान्ह ४ बजे पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउनु भएको हो ।
निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।
प्रतिक्रिया दिनुहोस्