
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थाहरुमा तालबन्दी गर्नै नमिल्ने बताउनु भएको छ ।
शैक्षिक संस्थाजस्तो पवित्र स्थलमा तालाबन्दी गर्न नमिल्ने उहाँको भनाई थियो । राष्ट्रिय परीक्षा बोर्डले सोमबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शैक्षिक संस्थामा कुनै समस्या भए समाधान गर्नका लागि छलफल र बहस गर्न सकिने उल्लेख गर्दै त्यसका लागि तालाबन्दी नै गर्न आवश्यक नभएको पनि स्पष्ट पार्नु भयो ।
उहाँले शैक्षिक क्यालेन्डर आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी आवश्यक तयारी गर्न पनि राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयहरुलाई निर्देशन दिनु भयो । परीक्षा दिएकाहरुले समयमै रिजल्ट समेत प्राप्त गर्न नसकेको विद्यमान अवस्थाबारे चित्रण गर्दै शिक्षामन्त्री पौडेलले अव शैक्षिक क्यालेण्डर अनिवार्य लागू गरी ती समस्या समाधान गर्नुपर्ने स्पष्ट पार्नु भयो ।
उहाँले भन्नु भयो, ‘अव यो क्यालेण्डर प्रणाली लागू गरौं । आजै कति सक्नु हुन्छ । परीक्षा बोर्डले जनशक्ति पुगेन भने छलफल चलाऔं । विद्यार्थीहरुलाई के जानकारी होस भने मैले यो समय पढेर यो समय रिजल्ट आउँछ । र, म त्यसपछिको यो विषय यहाँ पढछु भन्ने कुराको जानकारी भएन भने जाँच दिएको विद्यार्थीले एक वर्षसम्म रिजल्ट नपाएपछि विद्यार्थीहरुले नेपालको शिक्षा खोज्दैनन नि । त्यसकारणले विद्यालय शिक्षामा अव आउने सालदेखि सकेसम्म बैशाख देखि नै क्यालेण्डर प्रणाली लागू हुने गरी अगाडि बढाउने कुरा गरौं । त्यसका लागि के–के अभाव छन, सहयोग गरौला । कानुन, नियममा के परिवर्तन गर्नुपर्ने हो ? त्यो गरौंला । त्यसका लागि भन्नुहोला । परीक्षा बोर्डले यो प्रक्रिया सुरु गरोस् । र, विद्यालयबाट कक्षा १२ पास भएर आएका विद्यार्थीहरुलाई उसले चाहेको विषय पढन पाउने कुरालाई विश्वविद्यालयले पनि ग्यारेन्टीहुने गरी आवश्यक सुधार गर्नु प¥यो । विश्वविद्यालयमा भएका कमीकमजोरी, त्रुटीहरु सुधार्ने माध्याम भनेको छलफल, बहस हो । तालाबन्दी होइन ।’
मन्त्री पौडेलले त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने भए आफूले त्यसका लागि तत्काल पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्