
काठमाडौं । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका सर्लाहीका व्यवसायीको मृत्यु भएको छ ।
सर्लाहीका व्यवसायी लाल मोहम्मदको गोली प्रहारबाट मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ ।
मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो । उनको शरीरमा ४ राउन्ड गोली प्रहार भएको प्रहरी जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ ।
आज साँझ साढे ६ बजे मोहम्मदलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्