७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मरिण गाउँपालिकाले स्नातक उत्तीर्ण गर्ने छात्रालाई १ लाख रुपैयाँ दिने


468
Shares

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई १ लाख रुपैयाँ दिने भएको छ ।

छात्राहरुलाई पढाईमा उत्प्रेरणा दिनका लागि विवाह गर्नु अगाडि नै स्नातक तह उतीर्ण गर्नेलाई जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । साेही गाउँपालिकामा प्राथमिक विद्यालयमा अध्ययनरत हुँदै विवाह गर्ने प्रचलन बढी देखिएकाे छ ।

जसले गर्दा विवाह गर्नु अगाडि नै स्नातक तह उत्तीण गर्ने छात्राहरुलाई साेही रकम दिने कार्यक्रम पारित गरिएको गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले जानकारी दिनुभयो । छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न थप उर्जा मिलाेस भन्ने उदेश्य राखिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले एसईई उतीर्ण गरी कक्षा ११ मा भर्ना हुने प्रत्येक छात्राहरुलाई साइकल दिने निर्णय समेत गरेको छ । शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समितिको समेत चौमासिक बैठक बोलाउने व्यवस्था समेत गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रम उपलब्ध गराएर दैनिक विद्यालयको अनुगमन नियमन गर्नुपर्ने व्यवस्था समेत गरेकाे गाउँपालिकाले जनाएकाे छ ।