८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


महोत्तरीमा मटिहानीकाे स्वरुप फेरिंदै


117
Shares

काठमाडौं । चाडपर्व नजिकिंदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरी मटिहानीको नयाँ स्वरुप फेरिंदै गएको छ ।

रामायणकालीन सभ्यताका कैयौं कुरासँग जोडिएको मटिहानीमा अहिले धार्मिक र सांस्कृतिक महत्वको संरक्षण गर्न थालिएपछि यसको सौन्दर्यमा वृृद्धि हुँदै गएको हो । त्रेतायुगमा राम–सीताको विवाह हुँदा यज्ञस्थल बनाउन मटिहानीकै माटो खनिएको विश्वास गरिन्छ ।

त्यतिखेर माटो खनिएको ठाउँ लक्ष्मीसागर सम्पूर्ण हिन्दुहरूको आस्था, भक्ति र पवित्र दर्शनस्थलको रुपमा विकास हुँदै आएको छ । धार्मिक महत्वको पौराणिक स्थललाई सम्झाउने गरी नयाँ संरचनासमेत निर्माण गरिंदै छ । लक्ष्मीनारायण मन्दिर र बजारबीचमा भव्य आकर्षकद्वार निर्माण सम्पन्न भएर शुभारम्भ समेत भईसकेको छ ।

मटिहानी–५ स्थित गोबरौरा र धनुषाको घोडघास जोड्ने सडकको दूधमती नदीमा नयाँ झोलुङ्गे पुल निर्माण भईसकेको छ । मुलुकभरीकै मठहरूको नायक मठ लक्ष्मीनारायण मठ परिसरमा झुलाघर निर्माण र लक्ष्मीसागरको चित्ताकर्षक घाट निर्माण भईसकेको छ ।