१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बढ्यो सुनचाँदीको मूल्य


364
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य मंगलबार ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।