
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० की ६४ वर्षीया पूर्णसरी राईको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत भदौ २९ गते आफ्नै घरमा हत्या गरिएकी पूर्णसरीका दुई हत्यारालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न धरान–मावली बस्दै आएका १८ वर्षीय निखिल भन्ने नकुल राई र सुनसरी भोक्राहा नरसिंह गाउँपालिका– ६ का २० वर्षीय रन्जितकुमार साहलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनभयो ।
उहाँले नकुलले पूर्णसरीको हत्या गरेको र रन्जितकुमारले सुन लुकाउन सहयोग गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो । लागू औषध सेवन गरेर हत्या गरि फरार रहेका अभियुक्तलाई विराटनगरको रानी एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्