
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कर्मचारी समायोजनको प्रक्रिया चित्तबुझ्दो नभएको बताउनुभएको छ ।
काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री खापुङले अहिले चिकित्सा क्षेत्रमा भइरहेको स्वास्थ्यकर्मीहरुको परिचालन र उनीहरुलाई दिएको जिम्मेवारी बाँडफाँटमा धेरै असन्तुष्टि आइरहेको बताउनुभएको हो ।
उहाँले देश संघयिताको अभ्यासका क्रममा रहेको भन्दै कर्मचारी क्षेत्रको समायोजन प्रक्रियामा अधिकांश कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरिरहेको भन्ने आफ्नो बुझाइ रहेको बताउनुभयो ।
मन्त्री खापुङले संघीयतालाई सहज बाटोमा लैजान सबैलाई चित्तबुझ्दो र सबैलाई सम्मान हुने बाटो खोज्नुपर्ने बताउनुभयो । उहाँले तीनै तहको सरकार आफ्नो आफ्नो ठाउँमा जिम्मेवार र अधिकार सम्पन्न भएकोले संघीयतालाई व्यवस्थित गर्न लाग्नुपर्ने बताउनुभयो ।
मन्त्री खापुङले हरेक तह र तप्कामा रहेर काम गर्ने मानिसहरु आफ्नो कार्य क्षेत्रमा विज्ञ हुने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्