७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


रुखमा कार ठोक्किदा दुई जनाको मृत्यु, चार जना घाइते


29.588k
Shares

झापा । तीब्र गतिमा रहेको कार अनियन्त्रित भई सडक किनारमा रहेको वरको रुखमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । त्यस्तै कारमा सवार अन्य चार जना घाइते गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी–१० स्थित शैनिक चौकमा आज भएको सवारी दुर्घटनामा परी सप्तरीको लेगडा– ५ निवासी ४४ वर्षीय बलराम यादव र सुनसरीको इटहरी १० निवासी ३० वर्षीया गीता चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षाक अशोक जवेगूले बताउनुभयो ।

दुर्घटनामा सुन्दर हरैचा – ६ निवासी ४० वर्षीया रीता चौधरी, इटहरी – ८ निवासी २७ वर्षीय तेजन चौधरी , धरान – १५ निवासी २५ वर्षीय विभिषण दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी घाइते भएका छन् ।

उनीहरुको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी निरीक्षक जवेगूले बताउनुभयो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ४४ च ९१०८ नम्वरको सवारी अनियन्त्रित भई सडक किनारमा रहेको बरको रुखमा आज अपरान्ह ठोक्किएको बताइएको छ । दुर्घटनामा परी सवारी सवारी चालक बलराम र गीताको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।