
बारा । बाराको सामुदायिक विद्यालयमा हुने शैक्षिक सुधारका कार्यक्रममा अनियमितता हुने गरेको पाईएको छ ।
विद्यालय ब्यवस्थापन समिति र प्रधानाध्यापकहरुले शैक्षिक सुधार अन्तर्गतका कार्यक्रममा अनियमितता गरेको पाइएको हो ।
स्थानीय तहका जनप्रतिनिधिदेखि कर्मचारीसम्मलाई बीस प्रतिशत कमिशन दिनुपर्ने बाध्यता रहेको गुनासो ब्यापक आउने गरेको छ ।
जितपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेलले केही विद्यालयमा अकस्मात निरीक्षण गर्दा परीक्षा पुस्तिका परिक्षण नै नगरी हचुवाको भरमा अंक भरेर नगरमा पठाउने गरेको फेला पार्नु भएको थियो ।
शिक्षक संघ संगठनले अनियमितताको छानबिन गर्न माग गरेका छन् । शिक्षा महाशाखाका प्रमुख शिवजी प्रसादले भने अनियमितीतता नभएको जिकीर गर्नु भएको छ ।
सामुदायिक विद्यालयहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार निर्माण, पुनर्संरचना, प्रविधि, सिकाइ सामग्री, प्राविधिक तथा व्यावसायिक अभिवृद्धि र खेल सामग्री लगायतका कार्यक्रम छन् ।
शैक्षिक सुधारका कार्यक्रममा आएको बजेट विद्यालय ब्यबस्थापन समिति, प्रधानाध्यापक, जनप्रतिनिधिसँगै प्रमुख प्रशासकीय अधिकृत हुँदै लेखा प्रमुखसम्मलाई भागबण्डा हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्