
कैलाली । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं जाने हुनुभएको छ ।
उहाँले सरकारको खर्चमा काठमाडौं जान अस्वीकार गर्नुभएको हो ।
२०औं पटक कैलालीको धनगढीमा आमरण अनसनरत डा. केसीलाई सरकारले एयरलिफ्ट गर्न खोज्दा मान्नुभएन ।
आमरण अनसनको १० औं दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि डा. केसी आफ्नै खर्चमा बुधबार साँझ काठमाडौं जाने उहाँका सहयोगीले जानकारी दिनुभएको छ । उहाँ ४ः४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं जानु हुने छ ।
काठमाडौं पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसीलाई काठमाडौं लग्ने मंगलबारदेखि नै सरकारले प्रयास गरेको थियो ।
त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो । तर विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौं जान मान्नुभएको थिएन ।
प्रतिक्रिया दिनुहोस्