
काठमाडौं । पछिल्ला दिन निरन्तर उच्च दरले ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार दोहोरो अंकको सुधार आयो ।
नेप्से ११ अंकले उकालो लागेर १८ सय ४८ पुग्यो । तर कारोबार भने उल्लेख् दरले झरेर ७२ करोडमा खुम्चिएको छ ।
यस दिन सामूहिक लगानी कोष नगन्य अंकले रातो रहेबाहेक अरु सबै समूह सकारात्मक रहे । बढीजसो समूह दोहोरो अंकले सकारात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको २५ लाख बराबर कित्ता शेयर जम्मा ७२ करोड १२ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ४२ कम्श्पनीको शेयर मूल्य बढ्दा ४८ कम्पनीको घटेको पनि नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्