१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्याङ्जामा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक


390
Shares

स्याङ्जा । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको जरिवानासहितकाे नामावली सार्वजनिक गरेको छ ।

११ स्थानीय तह रहेको स्याङ्जामा पाँच नगरपालिका र छ गाउँपालिका रहेका छन् । भिरकोट नगरपालिका, चापाकोट नगरपालिका, विरुवा गाउँपालिका र हरिनास गाउँपालिकाका निर्वाचित प्रमुख र उपप्रमुखले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् ।

पाँच नगरपालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवार रहेका १७ जना र छ गाउँपालिकाका २४ जनाले निर्वाचनको खर्च विवरण समयमा नबुझाएकाे आयोगले जानकारी दिएको छ।

नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ४ लाख ५० हजार र गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना आयोगले तोकेको छ ।

गल्याङ नगरपालिकाको लागि प्रमुख पदका उम्मेदवार घनश्याम भट्टराई, हरिप्रसाद भण्डारी, उपप्रमुख पदका उम्मेदवार देवी सरा थापा, हेमा कुमार तराङ र पुर्णकला भट्टराईले जनही ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

त्यसैगरी चापाकोट नगरपालिकाको प्रमुख पदका उम्मेदवार देव बहादुर खाँण, राजु कोइराला, उप्रमुख पदका उम्मेवार इशा राना, सृष्टि मल्ल र लिला कुमारी आलेले यसैगरी पुतलीबजार नगरपालिकाकी उप्रमुख पदकी उम्मेदवार आस्था नेपालीलाई ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने आयोगले जनाएकाे छ ।

भिरकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार गोविन्द कुमार कर्माचार्य, नर भूपाल दमाई र उपप्रमुख पदका उम्मेदवार भगवती रेग्मीले त्यसैगरी वालिङ नगरपालिकाको प्रमुख पदका उम्मेदवार नित्यानन्त तिवारी,राजेन्द्रप्रसाद गैह्रे र उपप्रमुख पदका उम्मेवार जीन कुमार गुरुङले खर्च विवरण बुझाउनु भएको छैन । उहाँहरुलाई पनि जनही ४ लाख ५० हजार जरिवना ताेकिएकाे छ ।

चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँण, उपप्रमुख इशा राना भिरकोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्य र भगवती निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

अर्जुन चौपारी गाउँपालिकाका अध्यक्षको उम्मेदवार होम बहादुर नेपाली, चिन माया गुरुङ र उपाध्यक्ष पदका उम्मेदवार टंकप्रसाद खनाल, दुर्गा कुमारी विक, एक नारायण काफ्लेले पनि निर्वाचन खर्च विवरण समयमा नबुझाएका कारण जरिवाना तिर्नुपर्ने भएको छ । उहाँहरुले जनही ३ लाख ५० हजार बुझाउनुपर्ने भएको छ ।

आँधिखोला गाउँपालिकाबाट अध्यक्षका उम्मेदवार बन्नुभएका प्रेम राज पौडेल, हरिप्रसाद ढकाल र उपाध्यक्ष पदका उम्मेदवार मीना देवी शर्मा ९ढकाल० र मञ्जु गुरुङ त्यसैगरी कालीगण्डकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार विष्णु प्रसाद भट्टराई, दिलस थापा, उदय न्यौपानेलाई यसैगरी फेदीखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अर्जुन खत्री र उपाध्यक्षका उम्मेदवार इश्वरी थापा कार्कीले पनि निर्वाचन खर्च विवरण बुझाउनु भएको छैन।

त्यसैगरी विरुवा गाउँपालिकाका अध्यक्षका उम्मेदवार सूर्य बहादुर कुँवर, डोलराज पोखरेल, हेमन्त थापा मगर र उपाध्यक्ष पदका उम्मेदवर भगवती शर्मा, साहाना थापाल हरिनास गाउँपालिकाका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धर, टोप बहादुर भुजेल, ऋषिराम लम्साल, रुद्र बहादुर थापा र उपाध्यक्ष पदका उम्मेदवार इन्द्र कुमारी थापा राना, मिठु लम्सालले निर्वाचन खर्च विवरण बुझाउनु भएको छैन । उहाँहरु सबैलाई आयोगले जनही ३ लाख ५० हजार जरिवाना ताेकेकाे छ ।