
सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा उत्पादन भएका मौसमी तथा बेमौसमी तरकारीले बजार पाएपछि स्थानीय कृषक खुशी भएका छन् ।
विगतका वर्षहरुको तुलनामा यसवर्ष अनुकूल मौसम भएका कारण सिन्धुलीमा मौसमी तथा बेमौसमी तरकारीहरु काउली, मूला, बन्दा, काँक्रो, गोलभेडा लगायतको उत्पादन बढेको छ ।
सिन्धुलीमा मौसमी तथा बेमौसमी तरकारी खेती उत्पादनका लागि उपयुक्त हावापानी रहेको र व्यवसायिक रुपमा गरिने तरकारी खेतीले सिन्धुलीका कृषकको जीवनस्तर उकास्न सहयोग गरेकोे कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

यस वर्ष सिन्धुलीको नागी, चपौली, खनियाखर्क, नयाँखर्क, सिन्धुलीमाडी, कमलाखोच क्षेत्रका हर्षाही, टांडी, निपाने, रानीबास, मरिण खोलाको डाडी लगायतका विभिन्न स्थानहरु गरी ३१ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रुपमा तरकारी खेती संचालन गरिएको छ ।
सिन्धुलीका विभिन्न स्थानहरुमा यसवर्ष गरिएको मौसमी तथा बेमोसमी तरकारी खेतीबाट करिव ४५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्