२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कैलालीमा बिहानै श्रीमतीको हत्या गरेर श्रीमान् फरार


364
Shares

कैलाली । कैलालीमा आज बिहीबार बिहान श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन् ।

गौरीगंगा नगरपालिका–५ मा बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र बिहीबार बिहान श्रीमतीको हत्या गरि फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएको बताइएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।