
स्याङजा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको कच्ची सडक २८ वर्षपछि कालोपत्रे हुने भएको छ ।
२०५१ सालमा निर्माण गरिएको ७ किलोमीटर सडक हिउँदको समयमा धुलाम्य तथा वर्षाको समयमा हिलोले सास्ती हुँदै आएको थियो ।
गाउँपालिका प्रवेशको प्रमुख सडक वर्षौदेखि मर्मत हुन सकेको थिएन । दरौ खोलाको तट्बाट रमणीय फाँटहरुलाई पार गर्दै हेलुबजारसम्म ७ किलोमिटर सडकमा ग्राबिलको काम भइरहेको छ ।
गण्डकी प्रदेश सरकारको १८ करोडको समन्वयमा ५ वर्ष अगाडि बानियाँ कन्ट्रक्सन कम्पनीले कालोपत्रे गर्ने जिम्मा पाएपनि हालसम्म अलपत्र रहेको थियो ।
यस आर्थिक वर्षमा एक वर्ष म्याद थपगरी काम सुरू गरिएको र आगामी मंसिर चुनाव अगावै कालोपत्रे सकिने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
आगामी दिनमा क्रमिक रुपमा पालिका भित्रका ग्रामीण कच्ची सडक बिस्तार गरिने तिवारीले बताउनुभयो ।
अव्यवस्थित सडककै कारण आरुचौर, रापाकोट ,आग्रिअरक, दरौ लगायतका ग्रामीण क्षेत्रमा उत्पादित वस्तुहरुले बजार समेत पाउन सकिरहेका छैनन् । सडक कालोपत्रे हुने भएपछिीबजारसम्म जान स्थानीय नागरिकलाई सहज हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्