१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिट बाँडफाँटमा सहमति खोज्न सत्तारुढकाे बैठक बस्दै


91
Shares

काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । सत्तारुढ दलका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा केही बेरमा बैठक बस्न लागेको हो।

हिजो पनि शीर्ष दल र कार्यदलका सदस्यहरुबीच छलफल भएको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार नभएपछि बैठक लम्बिइरहेको छ ।

जनमोर्चा नेता तथा कार्यदलका सदस्य हिमलाल पुरीले दलहरुले दाबी गरेको सीटमा घट्न तयार नरहेकाले सहमति जुट्न नसकिरहेको बताए ।