१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि डोजर


52
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन डाेजर चलाएकाे छ ।

अस्पतालको भवनदेखि उत्तरतर्फ रहेका अनधिकृत संरचनामाथि डाेजर चलाइएकाे महानगरले जनाएको छ ।

डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा सो परिसरमा दशकौंदेखि सञ्चालनमा रहेको केही औषधि पसल र किराना पसलमाथि डाेजल चलाइएकाे हाे ।

महानगरपालिकाले नक्सा पास नगरी बनाइएका संरचनाहरु भत्काउन सुरुमा ३५ दिने सुचना जारी गरेको र पछि मौखिक तथा लिखित रुपमा पसलहरु खाली गर्न ताकेता गरेको थियो ।

महानगरले सुचना प्रकाशित गर्दा पनि अटेर गरी बसेका औषधि व्या व्यावयीहरुलाई पुन: २४ घण्टाकाे अल्टिमेटम दिएपछि व्यावसायीहरुले धमाधम आफनो सामानको जोहो गरेका थिए ।

महानगरको डोजर देखेपछि सर्वसाधारणको भीड थामिनसक्नु थियो । महानगरको यो अभियानको अधिकांशले समर्थन गर्दा केही केहीले भने चाँडबाडको मुखमा गरिएको यो अभियान ज्यादतीपुर्ण भन्दै बिरोध गरेका थिए ।

काठमाडौैं महानगरपालिकाले चालेको यो कदम अहिले अभिययानकै रुपमा सञ्चालान गरी राजधानीका दर्जनौं क्षेत्रमा बनेका अनधिकृत संरचनाहरु भत्काउँदा जनता भने सचेत बनेका छन् ।