८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु


208
Shares

मकवानपुर । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना भएकाे छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

हालसम्म मृतकको पहिचान हुन नसकेको उनले बताए।

प्रहरीका अनुसार काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको हाे ।

मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।