
काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियार नियुक्त हुनुभएको छ ।
पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका परियारलाई विधान बमोजिम प्रवक्तामा नियुक्त गरिएको पार्टीका अध्यक्ष समिक्षा बास्कोटाले बताउनुभयो ।
पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुनुहुन्छ ।
परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत कृयाशील हुनुहुन्छ ।
एक दशकभन्दा धेरै समय पत्रकारिता गर्नुभएको छ । परियारले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्