३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा ९ अंकले गिरावट


26
Shares

काठमाडौं । बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएको २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर दिन ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ७२ करोड बराबरको कारोबार भएको थियो ।

बिहीबार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
नेप्से परिसूचक घटे पनि बिहीबार सामलिङ्ग पावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको २.८७ प्रतिशत र वरुण हाइड्रोपावरको २.१६ प्रतिशतले बढेको छ । तर यता विन्द्यवासिनी हाइड्रोपावरको शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ । बिहीबार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।