
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रुपमा स्मरण गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताउनुभयो । उहाँले सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीहरुका लागि यादगार कृति हुने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले स्व. थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गर्नुभएको पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्