
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको सामाजिक, आर्थिक रुपान्तरणलाई तीब्र बनाउने र देशमा भोगिरहेका समस्याको समाधान गर्दै स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने दायित्व रहेको बताउनुभयो ।
नेता खनालले स्व. थापाको जीवनीबाट देशको विकास कसरी गर्ने भन्नेकुरा सिक्न सकिने बताउनुभयो । उहाँले अहिले देशमा सम्भावना र चुनौती दुवै रहेकोले चुनौतीको समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
सम्मानित नेता खनालले स्व. थापाको जीवन नेपालीहरुका लागि शिक्षा लिन योग्य जीवन रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्