
सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार जिल्लाको दुधौली नगरपालिका ९ घोडा गाछीमा चट्याङ लागि सर्लाही लालबन्दीका अनिल भुजेलको मृत्यु भएको प्रहरी चौकी दुधौलीले जनाएको छ ।
दुधौलीको निर्माणाधीन रंगशालामा कार्यरत २१ वर्षिया भुजेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
निर्माणधिन रंगशालाको चौरमा फुटबल खेल्दै गर्दा चट्याङ लागेर घटनास्थल मै मृत्यु भएको हो ।
अन्य दुई जनालाई पनि चट्याङको झट्का लागेर सामान्य घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्