
बारा । मधेश प्रदेशको रामवन क्षेत्रमा पर्सा प्राणी उद्यान चिडियाखाना बन्ने भएको छ ।
वीरगञ्ज महानगरपालिका– ३२ रामवनको वन क्षेत्रमा वन मन्त्रालयले पर्सा प्राणी उद्यान नाम दिएर खुला चिडियाखाना निर्माण गर्न लागेको हो । ५० हेक्टर क्षेत्रफलमा १ अर्ब १ करोड १५ लाख रुपैयाँको लागतमा निर्माण हुने भएकाे छ । चिडियाखानासँगै वन्यजन्तु उद्धार केन्द्र र वयजन्तु अस्पताल पनि निर्माण गरिने जनाइएको छ ।
पहिलो चरणमा संरचना निर्माणको काम हुने, दोश्रोमा निर्माण भएको संरचनामा जीवजन्तु ल्याएर राखिने र तेश्रो चरणमा पर्यटन विकासका कामहरु गरिने भएकाे छ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले बिहिबार रामवनमा साेही चिडियाखानाकाे शिलान्यास गरेसँगै मधेश प्रदेशमा चिडियाखाना बन्ने भएको हो ।
वीरगन्ज महानगरपालिको वडा नम्बर ३२ रामवनको वन क्षेत्रमा नेपाल सरकारको वन मन्त्रालयले पर्सा प्राणी उद्यान नाम दिएर प्राकृतिक चिडियाखाना निर्माण गर्न लागेको उहाँले बताउनुभयाे । चिडीयाखाना गत भदौ २७ गतेकाे मन्त्रिपरिषद बैठकले निर्माणका लागि अनुमति दिएको उहाँले बताउनुभएकाे हाे ।
चिडियाखानासँगै वन्यजन्तु उद्धार केन्द्र र वयजन्तु अस्पताल पनिसागै निर्माण गरिने मन्त्री यादवले बताउनुभयाे । साेही चिडियाखाना मधेश प्रदेशको मात्र नभइ देशकै नमुना चिडिखानाका रुपमा निर्माण हुने उहाँले बताउदै नेपाल र भारतका मात्र नभइ तेश्रो मुलुकका पर्यटकहरु पनि आउने विश्वास समेत उहाँले बताउनुभएकाे छ ।
राष्ट्रिय प्राकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले चिडियाखाना निर्माणको काम समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति प्रयाप्त रुपमा कोषले उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएकाे छ । उहाँले यस प्रकृतिको चिडियाखानाले मधेश प्रदेशको पर्यटन विकासले फड्को मार्ने उहाँकाे तर्क छ ।
चिडीयाखानामा खुल्ला रुपमा वन्यजन्तुहरु हेर्न मिल्ने हुँदा पर्यटकहरुले बन्द गाडी भित्र बसेर चिडियाखाना घुम्न सक्ने समेत उहाँले बतारउनुभयाे । सबै प्रकारका वन्यजन्तु र जीवजन्तुहरु समेत राख्ने योजना भएकाे वातावरण मन्त्रालयले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्